ने-वि-संघ कार्यवाहक अध्यक्षमाथी निर्घात कुटपिट

नेपालगन्ज ,भादौ,४-
नेपालगन्जमा रहेको प्राविधिक शिक्षा दिदै अाईरहेको नेपालगन्ज हेल्थ क्याम्पसमा ने-वि-संघले लगाएको ताला खोल्नका लागि वार्तामा बोलाएर उक्त क्याम्पसका सञ्चालक तथा नेपाली कांग्रेसका पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकीले स्थानीय महेन्द्र बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश देवकोटालाई केही युवाहरु लगाएर निर्घात कुटाएका छन् ।

उक्त क्याम्पसमा ल्याव असिस्टेन्टमा अध्ययनरत विद्यार्थी राजेन्द्र बडुवाललाई परीक्षा फारम भर्न नदिएको भन्दै ने-वि-संघले मिति २०७५/०४/३१ गते क्याम्पसमा ताला लगाएको थियोे । अाज बिहान १०:३० बजे क्याम्पसमा छलफल गरौं भनि बोलाएर बाहिरका मान्छे लगाएर कुटपिट भएको थियोे । उक्त वार्तामा ने -वि-संघ सि-टीई भि-टी- प्रदेश नं ५ का संयोजक सुरज थापा पनि गएका थिए । दुबैजनालाई कुटपिट गरि घाईते भएका छन् ।

देवकोटा अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको अापतकालिन बिभाग बेड नं ७ मा उपचार गराईरहेका छन् भने सुरज थापा सामान्य घाइते भएका हुदा घर फर्केका छन । उक्त कुटपिटको नेपालगन्जमा रहेका विद्यार्थी संगठनहरुले प्रेष विज्ञप्ति निकाली विरोध गरेका छन् ।