घाइतेलाई भेट्न कांग्रेस महामन्त्री कोईराला अस्पतालमा

नेपालगन्ज,भदौं,५-
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अाउनु भएको थियो ।

हिजो स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा लगाईएको ताला खोल्न सहमति खोज्न भनि छलफलका लागि बोलाएर उक्त स्कुलका संस्थापक तथा पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकी लगाएतले ने-वि-संघका प्रदेश नं ५ का सि-टी-भिटी- संयोजक सुरज थापा र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यवाहक सभापति देवकोटालाई घाइते हुने गरी पिटाइ गरिएको थियो ।

महामन्त्री शशांक कोइराला पार्टीको काममा अाएको बेलामा घाइतेलाई भेट्न अाज साझ ६ बजे तिर अस्पताल अाउनु भएको थियो । उहाँका साथमा बाके जिल्ला सभापति किरण कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु पनि अाएका थिए । महामन्त्री कोइराला लाई ने-वि-संघका प्रदेश नं ५ का सदस्य चेतनारायण शर्माले घटना कसरी भयो भन्ने बारेमा बताउनु भएको थियो ।

उहाका अनुसार यस घटनालाई पार्टीसंग नजोडी नेपाल विद्यार्थी संघले शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुले भोगेका समस्याहरुलाई उठान गर्दा यसरी अाफनै मातृ पार्टी का माननीय जस्ताले मान्छे लगाएर पिटाउनु गल्ती गरेको बताउनुभयो । घाइतेले दोषीलाई कानुनी कार्यवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएको घाइते देवकोटाले बताउनुभयो ।