नेपाल साँस्कृतिक संघ बाँकेले भोली देखी देउसी भैलो खेल्ने

देउसी भैलोमा मयुर नृत्य र तिहारको शिव नृत्य देखाईने

बाँके,कार्त्तीक,१-

नेपाल साँस्कृतिक संघ बाँकेले यस वर्ष पनी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संघले यस वर्षको देउसी भैलो कार्यक्रम गत वर्षको भन्दा फरक हुने जनाएको छ । संघले भोली लक्ष्मी पूजाको दिन देखी कार्त्तीक ६ गते सम्म देउसी भैलो खेल्ने छ ।

गत वर्ष जस्तै यो साल पनी बाँकेको कोहलपुर, चप्डगौडी, मदनचोक, पिपलचौतारा, नेपालगंज, खजुरा लगायत वरपरका गाँउवस्तीमा परम्परागत अनुसार नै देउसी भैलो खेल्न लागेको संघका सभापती सन्तोष राज पौडेलले जानकारी दिनुभयो ।

नेपाल साँस्कृतिक संघ बाँके : देउसी भैलो कार्यक्रम २०७४

उहाँका अनुसार नेपाली रितीरिवाज लाई सदैव जगेर्ना राख्न संघले महत्वपुर्ण भुमीका खेल्ने बताउनुभयो । “उहाँले भन्नुभयो ” यस वर्षको देउसी भैलोमा “मयुर नृत्य र तिहारको शिव नृत्य” संगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती देखाएर सबैलाई मनोरन्जन दिलाउदै एक आपसमा तिहारको शुभकामना सहित खुसी आदान प्रदान गर्ने बताउनुभयो ।

उहाँले यस वर्ष गत वर्षको भन्दा बढी रमाईलो हुने छ, किनकि हामीले “मयुर नाच र तिहारको शिव नाच ” लाई पहिलो प्राथमीकतामा राखेका छौ,” उहाँले भन्नुभयो ” साथमा स्थानीय कलाकारहरुको तयारी पनी एकदम राम्रो भएकोले भोली बाट सुरु हुने देउसी भैलोको कार्कक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै गत साल जस्तै यस वर्ष पनी राजी खुसीका साथ आफुहरुको देउसी भैलो कार्यक्रमलाई मन पराउने छन् भन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

यसैविच : नेपाल साँस्कृतिक संघ बाँकेले गरेको यो देउसी भैलो कार्यक्रमले असन्न आउदै गरेको चुनावलाई सहयोगको टेवा पुर्याउने छ । नेपाली काँग्रेसको शुभेच्छुक भात्रृ संघको रुपमा रहेको यो संघले प्रदेश नं. ५ को चुनावी अभियानमा पनी सहयोग मिल्ने अपेक्षा गरिएको छ ।