सुनचाँदीको मूल्य घट्यो,किन्ने भए तोलाको ९४ हजार १००

काठमाडौं,पुस,१६-नेपाली बजारमा सुनको मूल्यमा सामान्य बिहिबार गिरावट आएको छ । गत कारोबार दिन अर्थात् बुधवार रू. १०० ले उकालो लागेको सुनको मूल्य बिहीवार रू. १०० ले नै ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार ३०५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार ३०० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ५ ले घटेको हो ।