च्याम्पियन्स लिगमा : लिभरपुललाई हराउदै रियल म्याड्रिड च्याम्पियन

लिभरपुललाई हराउँदै रियल च्याम्पियनकाठमाडौं,जेष्ठ,१४-स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ।इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले १४ औं पटक  च्याम्पियन बन्दै कीर्तिमानी कायम गरेको हो ।

पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा क्लोज रेन्जबाट मोहम्मद सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे । २१औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता लिनबाट चुकेको थियो।

४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाउन सकेन । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाल्डालाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए ।

६४औं मिनेटमा सलाहको प्रयासमा कोर्टुवा नै बाधक बने । ६९औं मिनेटमा सलाहकै प्रयासमा पुनः कोर्टुवा नै खलनायक बने ।७९औं मिनेटमा सलाहको प्रहार डिफ्लेक्ट हुँदा डिएको जोटाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुल बराबरीबाट रोकियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल च्याम्पियन बन्न सफल भएको थियो ।

रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो । लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बनेको छ ।

यस्तै लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिन मैदान उत्रीएपनि त्यो पुरा गर्न असफल रह्यो । लिभरपसल त्यतिबेला ३–१ ले पराजित भएको थियो।रियलसँगको हारसँगै पछिल्लो ५ सिजनमा तेस्रोपटक फाइनल खेलेको लिभरपुलले एसी मिलानसँगको उपाधि बराबरी गर्ने अवसर समेत गुमायो हो।मिलानले सातपटक तथा रियलले ६ पटक उपाधि जितेको छ ।