ओखलढुंगामा भारी मतान्तरले यज्ञराज सुनुवार विजयी

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,२३-
प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुबै लोकप्रिय नेता भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर मतगणनाको सुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।