मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेता रिजाल विजयी

मोरङ क्षेत्र नम्बर ४ भने मोदी विजयी

काठमाडौं, मंसिर,२३-

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त गर्नु भएको थियो । 

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् ।उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश आचार्यले २६८०० मत प्राप्त गर्नुभयो  ।