मोटरसाईकल चोरीको आरोपमा चार युवा पक्राउ

सिर्जना बर्देवा/
ओखलढुंगा,भाद्र,२६-
ओखलढुंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए ।

उनिहरुलाई बा ४४ प ५७३८ नम्बरकोे चोरीको मोटरसाईकल सहित आईतबार बेलुका पक्राउ गरिएकोे ओखलढुंगा प्रहरी प्रमुख डिएसपी प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए ।

शुभ लक्ष्मी सहकारी संस्थाको नाममा दर्ता भई कवी ओझाले प्रयोग गर्दै आएको मोटरसाईकल यही भदौ २२ गते शुक्रबार ओझाको घर सिद्धिचरण नगरपालिका ११ बाटै उनिहरुले चोरी गरेका थिए ।

चोरी गर्ने मध्ये सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी भने मोटरसाईकल सहित हर्कपुरबाट पक्राउ परेका हुन् । अन्यलाई भने चोरीमा संलग्न भएको चौधरीको बयानका आधारमा पक्राउ गरिएको प्रहरी प्रहरी प्रमुख तिमिल्सिनाले बताए ।

चोरीमा संलग्न पाँच जना मध्ये अर्का एकजना भने फरार रहेका छन् । फरार हुनेमा खोटाङको हरमटार १ का अन्दाजी १९ बर्षिय युवराज नेपाली रहेको तिमिल्सिनाको भनाई छ । उनिहरु पाँचै जना ज्यमि कामका लागी ओखलढुंगा आएको बुझिएको छ ।