नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन

बाँके,भदौ,२६-

नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ ।

११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र स्वास्थ्य चौकी ,मा स्वास्थ्य स्यम सेवक ५ गैर सरकारी संघ र वडा नगरिक मन्च ,बिधालय र आमा समुहको एक एक जना सहभागी छन ।सदस्य सचिव अर्थात खोप कार्यकर्ता बसुन्धरा घिमिरे रहेकी छन् ।

पुर्ण खोप गर्न नियमित खोपबाट छुटेकोलाइ खोजमुलक गर्दै खोप लगायर बच्चा सुरक्षित गर्न समिती गठ्न गरिएको हो । कार्यक्रम स्वास्थ्य चौकी प्रमुख मधुकरमणि आचार्यको संयोजनमा गरिएको थियो ।

पुर्ण खोप घोषणा गर्न सवैको सहयोग अपरिहार्य रहेको प्रमुख आचार्यले बताउनुभयो । वैठक प्रत्येक महिना २७ गते बसि मासिक समीक्षा गर्ने पनि सो समितीले निर्णय गरेको छ ।