विश्वकप फुटबल : अर्जेन्टिना र साविक विजेता फ्रान्स फाईनलमा भिड्ने

गोल्डेन बुट कसलाई : मेस्सी कि एमबाप्पे ?

फाईल तस्विर : सामाजीक संजालबाट साभार !!

दोहा,कतार,मंसिर,२९-कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएको छ । 

बुधबार राती कतारको अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई हराउदै लगातार दोस्रो पटक विश्वकपमा पुगे संगै यी दुई टोलीको भेट भएको हो ।  

मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाईनलमा प्रवेस गरेको हो।फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे।

खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए ।

दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गरेका थिए।

यसैविच:अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै फाईनल पुगि सकेको छ।

फाईनल खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ।किनकि अर्जेन्टिना र फ्रान्सका दुई विश्व चर्चित फवार्ड खेलाडी मेस्सी र एमबाप्पे फ्रान्सको क्लव पेरिस सेन्ट (पिएसजी) को फवार्ड खेलाडी हुन् । 

दुवै स्टार खेलाडीलाई विश्वकपको उपाधी जित्नु छ।फ्रान्स २०१८ को विश्वकप विजेता देश हो ।फ्रान्स ६० वर्ष पछि उपाधी रक्षा गर्दै नयाँ किर्तीमान बनाउदै व्यक्तीगत विधाका अवार्ड जित्दै ईतिहास रच्ने दाउमा देखिन्छ।

यस्तै अर्जेन्टिनालाई या भनौं मेस्सीलाई यसपाली विश्वकप जित्दै ईतिहास रच्नु छ। 

अर्को रोमाञ्कको पाटो भनेको “पिएसजी क्लवका” यी दुई विश्व चर्चित स्टार खेलाडी मेस्सी, र एमबाप्पे दुबैजना गोल्डेन बुटको प्रमुख दाबेदार भएकोले पनि फाईनल खेल निकै रोमाञ्चक बन्नेछ ।

अर्जेन्टिना र फ्रान्सको फाईनल खेल पौष ३ गते आईतवार हुनेछ।खेल नेपाली समय अनुसार राती ८:४५ बजे हुनेछ ।