आज बार दिवस नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

बाँके,पौष ७-नेपाल एशोसिएसनको ६१ औं स्थापना दिवसको अवसरमा आज नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै । बार डे को अवसरमा बारको सभाकक्षमा उच्च अदालत बार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा कानुन व्यवसायीहरु विच शुभकामना साटासाट गर्नुका साथै न्याय सम्पादनमा कानून ब्यवसायीको भुमीका विषयमा न्यायाधीकार कानून ब्यवसायीका साथै सरोकारवाला विचमा परापर्श बैठकको आयोजना गरिएको उच्च अदालत बारका अध्यक्ष बल बहादुर चन्दले जानकारी दिनुभयो ।कार्यक्रममा कानून ब्यवसायी हकहित ,पेशागत सुरक्षा र स्वच्छ सुनुवाईको प्रभावकारी कार्यान्वयन,न्याय सम्पादनमा कानून ब्यवसायीको भुमीका लगायतका विषयमा छलफल गरिने उच्च अदालन बार एशोसिएसन नेपालगंज मानव अधिार समिति सदस्य अधिवक्ता बसन्त गौतमले बताउनुभयो ।

बरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्राप्त गरिका देवनाथ प्रसाद बर्माको अग्रसरता मा वि.सं २०१३ साल पौष ७ गते आज बसेको बैठकले कानून ब्यवसायीको हकहित गर्ने र सबै कानून ब्यवसायीको एकजुट हुने मुख्य उद्देश्यका साथ नेपाल भार एशोसिएसनको विधिवत रुपमा स्थापना गरेको थियो । २०५० साल फल्गुन ६ गते पोखरामा सम्पन्न भएको एशोसिएसनको छैठौं राष्ट्रिय सम्मेलनले एक प्रस्ताव पारित गरि बार एशोसिएसनको जन्म भएको दिनको सम्झना र सम्मान स्वरुप प्रत्यक वर्षको पौष ७ गतेका दिन औपचारिक रुपमा बार दिवस बार डे मनाउने गरिएको हो ।