बाँकेमा फोटो सहितको नामावली संकलन गरिने

बाँके,पौष ७-बाँकेमा फोटो सहितको नामावली संकलन गरिने भएको छ । क्षेत्रीय निवार्चन कायालय बाँकेका अनुसार पुष १० गतेदेखी जिल्लाका विभिन्न स्थानमा फोटो सहितको नामावली संकलन सुरु गर्न लागिएको हो । त्यसक्रममा त्यस्तै १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरि नागरिकहरुको फोटो र औंला छापा सहितको विवरणहरु संकलन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

नामावलीमा नामदर्ता गर्न छुटेको प्रमाण पत्र लिई टोली पुगेको स्थानमा स्वयम व्यक्ती उपस्थित भई नाम दर्ता गराउन समिने बताईएको छ । दर्ता गरिएको फोटो र विवरणहरु कतै त्रुटी ,मुत्यु वा बसाईसराई भएमा सम्बन्धीत गाविस तथा नगरपालिकाको वडा कार्यालयमा गई सो विवरण सच्याउन क्षेत्रीय निवार्चन कार्यालय बाँकेले अनुरोध पनि गरेको छ । यद्यपी नाम दर्ताको लागि एकपटक फोटो खिचाई सकेमा मतदाताले भने दोहोर्याएर नाम दर्ता गर्नुपर्ने छैन् ।