
काठमाडौं,असार,२८-संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाएको छ।सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
पहिरोले सात घर बगाएको छ। सिसुवाखोलास्थित बेसिन्दा गाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
घटनास्थलमा अझै प्रहरी पुगेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। त्यस क्षेत्रमा अहिले पनि भारी बर्षा भइरहेको सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।नेपालखबर