नेपाल प्रधानमन्त्री थ्री नेसन कपको च्याम्पियन

काठमाडौं,चैत्र,१७-नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो।

खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन्।

पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका थिए।केही समयमै नेपालका आयुष घलानले बराबरी गोल फर्काएका थिए।

निकै नै प्रतिस्पर्धात्मक दोस्रो हाफको ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि गोल अफसाईड रह्यो।

अन्तिम ९० मिनेटको समयमा उनै डाँगीले गरेको दोस्रो गोल जितका लागि निर्णायक रह्यो।लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको थियो ।नेपालका मनिष डाँगी म्यान अफ म्याच घोषित भए ।