म्यानचेस्टर युनाईटेड संग आर्सनल ३-२ गोल अन्तरले पराजित

रोनाल्डोले गरे करियरकै ८ सय गोल पूरा

रोनाल्डोको ८ सय गोल, युनाईटेडले आर्सनललाई हरायोकाठमाडौं,मंसिर,१७-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले घरेलु मैदानमा आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा एक गोलको सुरुआती अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । जसमा युनाईटेडका क्रिस्टियानो रोनाल्डो नायक बने ।

खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

यस गोलसँगै रोनाल्डोले करियरको ८०० गोल पूरा गरे ।

रोमान्चक बनेको खेलको ५४ औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो ।

तर, खेलको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

यस जितसँगै युनाईटेडले १४ खेलमा २१ अंक जोडेको छ । युनाईटेड सातौं स्थानमा रहेको छ ।आर्सनल २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।