कुन्तादेबीमा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न

Okhaldhunga district

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-
मोलुङ्ग गाउपालिका १ कुन्तादेबी ओखलढुंगामा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला भुमि सुधार मञ्चको आयोजनामा “सुरक्षित घरबार सबैलाई खेति योग्य जमिन जोताहा किसानलाई ” भन्ने मुल नाराका साथ बैठक सम्पन्न भएको हो ।

२०७३ पौष १ गते देखी २०७४ पौष सम्मको आर्थिक प्रगति प्रतिबेदन,कार्यक्रम प्रगति प्रतिबेदन लगायतका शिर्षकमा छलफल भएको छ । कार्यक्रममा आत्मनिर्भर सेवा केन्द्र,केयर नेपाल र गाउभुमि अधिकार मञ्चका कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।