निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

सिर्जना बर्देवा/
ओखलढुंगा पौष २-
ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो ।

Okhaldhunga district

गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । प्रत्यक्ष तर्फ सचिवमा नेविसंघका एक जना बाहेक अन्य सबै अनेरास्ववियुका तर्फबाट निर्वाचित भएको छ ।