खेत बाटै दौडिय कालि बहादुर घर्ति

डा.कनोडियाले चुनाव जिते मात्र जनताले राहत महसुस गर्ने किसान घर्तीको आँकलन

लक्ष्मी बि.सी,

बाँके,असार,२-

नेपालगन्ज उप महानगरपालिका वडा नं १९ आलानगर निवासी ६४ बर्षिया कालि बहादुर घर्ति बिहीबार बेलुका धानको बिउ छर्न खेतमा ब्यस्त देखिन्थे । बिउ छर्न खेतमा ब्यस्त रहेका उनले खेतमा नै आफ्नो हाकीमलाई देखेपछि छक्क पर्दै भने तपाई मेरो हाकिम होइन् र ?

२८ बर्ष भेरि अञ्चल अस्पतालमा काम गरि अवकास प्राप्त काली बहादुर घर्ति आफ्नो हाकिम डा. शुरेस कुमार कनोडिया आफैलाई भेट्न खेतमै देखेपछि खुशिले गद्गद् हुदै खुट्टै समाएर झुके ।

उनले भने “त्यसबेला उहाँले गर्दा मेरो जागिर बचेको थियो” । उहाँ मेरो गुरु पो हो गुरुले चेला संग पनि मत माग्ने भन्दै उनले आफुले सक्दो सहयोग गर्ने बताए । टोल छरछिमेकमा सबैलाई उहाँको प्रचारमा जुट्न लगाउने उनको भनाई थियो ।

उनले खुसि हुदै भने “उहाँको मनमा केही पाप छैन” जे भन्नुहुनछ मुखैमा भन्नुहुन्छ उहाँ जस्तो निस्वार्थि मान्छेले चुनाव जित्नुपर्छ अनि मात्र जनताले राहत महसुस गर्नेछन् । घरदैलो अभियानलाई तिब्रता दिइरहेका नेपालगन्ज उप महानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाले सबै बर्ग तहका मतदातालाई भेटिरहनु भएको छ ।

बसुदेवपुरका का २९ बर्षिय राम फेरन बर्मा घरमा मेयरका उम्मेदवार डा. कनोडियालाई देखेर खुसी हुदै भने डा. साब यहाँको समस्या समाधानका लागि पहल गनुहोस । सिचाइ तथा बाटोको समस्या छ । मेयरका उम्मेदवार डा. कनोडियाले भने मैले नसक्ने काम गर्छु भन्दैन जे भन्छु सक्ने मात्र गर्छु ।

समाजसेवा मेरो रुची हो त्यसैले पदमा रहे पनि नरहे पनि मैले सक्ने काम गरिरहनेछु । २०४० देखी २०५४ सम्म १४ बर्ष भेरि अन्चल अस्पतालमा काम गरेर नेपालगन्ज मेडिकल कलेज स्थापना गरि स्वास्थ्य क्षेत्रमा क्रियाशिल डा.कनोडिया पश्चिम क्षेत्रको एक अषल स्वास्थ्य कर्मीका रुपमा परिचित हुनुहुन्छ ।

उहाँकी धर्मपत्नी रश्मी कनोडिया आफुले चाहेको काम गरि छाड्ने जिद्धि स्वभावको ब्यत्तिको रुपमा रहेको बताउनुहुन्छ । मनमा पाप केही छैन् एकछिनैमा रिसाए पनि एकछिनमा उहाँको रिस मर्छ ।

पहिले देखी नै समाजसेवामा रुची रहेको थियो उहाँकी धर्मपत्नी रश्मीले भन्नुभयो । म मेयर भए पनि नभए पनि समाजसेवामा लागिरहनेछु । उहाँले भन्नुभयो समाजसेवा मेरो रुचीको बिषय हो । “जब सम्म म रहन्छु तब सम्म म मेरो रुचीको काम गर्न पछि हट्ने छैन्” ।