अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किदा ६ जना घाइते ४ जनाको अवस्था गम्भीर

के-पी-घिमिरे/
नेपालगन्ज, बैशाख,२५-
नेपालगन्ज उप महानगर पालिका वाड न- १८ कारकादो यातायात कार्यालय नजिकै अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् जसमा ४ जनाको अवस्था अलि गम्भीर रहेको छ ।

नेपालगन्ज देखि राझा एयर्पोर्ट तर्फ जादै गरेको भे १ घ २५२८ न- को अटो रिक्सालाई सोही दिशा तर्फ जादै गरेको भे ६ प- १०१४ न- को स्कुटीले पछाडी बाट ठक्कर दिदा रिक्सामा सबार रिक्सा चालक सहित ६ जनानै घाइते भएका छ्न ।

घाइतेहरु लाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याइ आपत कालिन बिभागमा उपचार भइरहेको छ । उपचारमा सलग्न डा- रोशन सापकोटाका भनाई अनुसार ४ जना अलि गम्भीर रहेका र २ जना सामान्य रहेका छन् । प्रहरी हवल्दार कृण्ण पुनका भनाइ अनुसार स्कुटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरुको नाम यस प्रकार रहेको छ ।
जिल्ला काठमाडौं कालिमाटी बस्ने वर्ष २४ कि एलिसा तामाङ जिल्ला काठमाडौं कालिमाटी बस्ने वर्ष २२कि जमुना तामाङ जिल्ला बाके नेपालगन्ज उप महानगर पालिका १८ राझा बस्ने वर्ष २५ का वुद्दि सागर सिरिपाल जिल्ला बाके राप्ती सोनारी गाऊ पालिका ६ बस्ने २४ कि शान्ति पुन मगर जिल्ला सुर्खेत गुरुवा ३ बस्ने वर्ष ३४ का सुमन माझी  जिल्ला बाके नेपालगन्ज ८ बस्ने वर्ष २३ का मिराज खान रिक्सा चालक रहेका छन् ।