चिकित्सक संघको आपत्ति

काठमाडौं, पुस २५-

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ ।

आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ ।

डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनीय प्रगति हासिल भएको पनि स्मरण गराइएको छ ।ईमेज खबरबट