टोकियो,पुष,२९-नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओसाका क्षेत्रीय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज सोमबार हुँदै छ।
कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन् ।
आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर,पवित्रा सरतुंगे मगर, प्रगती पुन मगर, गिता पाईजा पुन मगर, काजल गुरुङ र पञ्चेबाजा समुह लगायतले प्रस्तुती दिने नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईन लाई जानकारी दिनुभयो।
यस्तै:कार्यक्रममा रेमिट्यान्सको पाटनरको रुपमा जापान रेमिट फाईनान्स रहेको छ।कार्यक्रम ओसाकाको टेनोजी सामुदायिक केन्द्रमा गिँउसो ३ बजे बाट सुरु हुनेछ।
(天王寺区民センター)大阪市天王寺区生玉寺町7-57
त्यसैगरी : नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको कार्यक्रम जनवरी १२ मा नागोयामा सम्पन्न भएको छ,भने आज जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा टोकियोमा हुनेछ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको आयोजक समितीले जनाएको छ।