कोहलपुर महोत्सव आज देखि शूरु

बाँके,फाल्गुन ६ –कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज देखि कोहलपुरमा शूरु हुदैछ  । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर बनाउने अवधारणाका साथ महोत्सव संचालन गर्न लागिएको महोत्सव मुल समारोह समिति संयोजक रुद्र खनालले बताउनु भएको छ ।उहाका अनुसार महोत्सवपछि कोहलपुरलाई हरित नगर तथा फोहरमुक्त शहरका रुपमा स्थापित गराउन तत्काल प्रभाव पर्ने खालका गतिविधिहरु संचालन गरिनेछ ।

‘महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुरलाई हरित नगर बनाउने अभियानमा प्रत्यक्ष रुपमा जोडिनेछौं’ उहाले भन्नु भयो , ‘कोहलपुरलाई हरित नगर बनाउने अभियानमा समाजका सबै पक्षलाई समेटेर सभ्य समाजिका संस्कार बसाल्न सबैमा चेतना जगाउन महत्वपुर्ण भुमिका खेल्नेछौं ।

स्थानीय तथा स्वदेशी उत्पादनहरुलाई प्रवद्र्धन गर्न उपभोक्ताहरुबीच पहु्च स्थापित गर्ने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध कायम गराउने, सुचना प्रविधिको महत्व जानकारी गराउने, स्थानीय तहको कृषि विकासमा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको उनको भनाई छ ।

महोत्सवमा बालबाटिका, सर्कस, विभिन्न व्यवसायीक तथा सेवामुलक स्टल, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुहरु तथा सेवाहरुको प्रदर्शन तथा अवलोकन लगायतका आकर्षणहरु रहने  छ । महोत्सवमा राष्ट्रिय कलाकारहरु अन्जु पन्त,रजिना रिमाल,रामजी खाँड,राजेन्द्र पोख्रेल,टिका पुन,प्रमोख खरेल,मनोज गजुरेल,ज्योती मगर,माण्डवी त्रिपाठी लगायतका स्थानीय कलाकारहरुको प्रतस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका व्यवसायीक र सेवामुलक २ सय ७६ स्टलहरु रहनेछन् । महोत्सव अवधिभर डेढ लाख बढी दर्शकहरुलाई मेला अवलोकन गराउने लक्ष्य राखिएको छ ।यस्तै आयोजकले महोत्सवमा ६८ लाख ४० हजार बराबरको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ भने विभिन्न खर्चहरु कटाई ९ लाख ५५ हजार बचत हुने अनुमान गरिएको छ । रुद्राक्ष फिल्मस् प्रा।लि। र ग्रिन सिटी युथ क्लबको संयुक्त आयोजनामा भएको महोत्सव फागुन १६ गते सम्पन्न हुनेछ ।