कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र

जितेको १ वर्ष भित्र सुकुम्वासीहरुलाई लालपुर्जा बितरण गर्छु : रावल

पवन मुडभरी/

बौनीयाँ,मंसीर १६-
आगामी मङसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको मिति नजिकिदै गर्दा कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र पारिएको छ । क्षेत्र नं २ मा सबै दलका उमेद्वारहरु स्थानियहरुको मतलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान तथा बडा भेलालाई तिब्र पारिरहेका छन् ।

यस्तै कैलालीको बर्दगोरिया गाउपालीका १ कट्टीपुरमा वाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । माओवादी केन्द्रका सदानन्द सज्यालको सभापतित्वमा सम्पन्न भेलामा कैलाली क्षेत्र नं. २ प्रतिनीधी सभाका उम्मेदवार झपट रावल प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथीमा वाम गठबन्धन कैलाली क्षेत्र नं २ ख का प्रदेश सभाका उम्मेदवार नन्द बहादुर साउंद राजेन्द्र रहनु भएको थियो ।

कौशल महतराको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य कमला ओली,वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडा,नेत्र खनाल,लगाएतकाले बोल्नु भएको थियो । चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी रावलले आफु जितेर गएको १ वर्ष भित्र लालपुर्जा विहिन सुकुम्वासीहरुलाई एक वर्ष भित्रै लालपुर्जा वितरण गर्ने बताउनुभएको छ ।

साथै रावलले सामाजिक शुरक्षा भत्ता मलिाहरुको हकमा ६० वर्ष र पुरुषको हकमा ६५ वर्ष कायम गर्ने र २ हजारवाट वृद्धि गरेर ५ हजार पुर्याउने बताउनुभयो । यस्तै स्वास्थ्यका क्षेत्रमा कसैले बर्दगोरिया गाउपालीका भन्दा बाहीर जान नपरोस भनी १ सय ५० शैयाको अस्पताल निर्माणका लागी पहल गर्ने , बर्दगोरिया गाउपालीका भित्रका प्रत्येक सडकहरुको स्तरोन्नती गरी कालोपत्रे गर्ने बताउनु भयो ।

यस्तै विशिष्ट अतिथि साउदले आफुले जितेको १ वर्षमै काडा नदीमा तटबन्धन गर्ने बताउनु भयो । आजै बाम गठबन्धनको सडकपुर बौनियामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार झपट रावल,प्रदेश सभाका उम्मेदवार नन्द बहादुर साउद, समानुपातिक उम्मेदवार लाल बहादुर सोडारी, लगाएतका रहेका थिए ।

बाम गठबन्धनलाई मन पराएर कपिल सज्याल,रुप सुनार,नरेश सोनी,उमाशंकर अवस्थि,रोशन चौधरी,गिता कठरीया लगाएत मोहन्याल गाउापलिकाका रण सहकारी नेपाली काग्रेस परित्याग गरी बाम गठबन्धनमा प्रवेश गनर्’ भएको छ । चुनाव जति नजिक आउँदैछ त्यति नै कांग्रेस पार्टी परित्याग गरेर बाम गठबन्धमा प्रवेश गर्नेको ओइरो लागिरहेको छ ।

यसले गर्दा कैलाली क्षेत्र नं. २ मा बाम गठबन्धनको जित सुनिश्चित भएको र हामीले घरदैलो गरिरहँदा पनि जनता निक्कै सकारात्मक भएका कारण हामीलाई उत्साहित बनाएको छ रावलले भने । यस्तै नेपाल मजदुर किसान पाटीले पनि कैलाली क्षेत्र नं. २ का विभिन्न ठाउमा घरदैलो अभियान तथा चुनावी सभा सम्पन्न गरेको छ ।

लम्की चुहा नगर पालिकाको मोतिपुर, बचैला, गुलरा बजार लगाएत बर्दगोरिया गाउपालिकाको सडकपुर बौनियामा चुनावि सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार रमेश कुमार रावलले आगाम्ी मसीर २१ गते हुने निर्वाचनमा देश बेच्ने पार्टीलाई मतदान नगरी देशभक्त पाटी नेमकिपालाई मतदान गर्न आव्हान गर्नु भएको छ ।

साथै उहाले नेपाल मजदुर किसान पाटीले जिते जनताका हक अधिकार सुनिश्चित हुने बताउनु भयो । कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार राधा ठाडामगर, समानुपातिक उम्मेदवार खर्गेन्द बहादुर शाही लगाएतकाले बोलेका थिए ।