नेपालगन्ज बहुमुखी क्याम्पसले गर्यो स्वागत तथा बिदाई कार्यक्रम

ज्ञानु सङ्गम खड्का /
नेपालगन्ज,फाल्गुन,२६-
बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। यस क्याम्पसको बि.बि.एस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थिहरुद्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो।

बि.बि.एस तेस्रो वर्षमा अध्यनरत छात्र पोखराजको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपालगन्ज बहुमुखी क्याम्पसका फाउन्डर श्री संजय थापा रहनु भएको थियो।

त्यस्तै प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिकाकी उप-मेयर श्री उमा थापामगर रहनु भएको थियो भने अतिथीको रुपमा क्याम्पसका मुख्य सन्चालक प्रकाश लामिछने , मुख्य सन्चालक ईश्वर प्रसाद पोखरेल , क्याम्पसका क्याम्पस प्रमुख थानेश्वर पान्डे , सन्चालक डा. राजकुमार सुवेदी , राजेन्द्र श्रेस्ठ , नारायण बेल्बासे, मुकेश गुप्ता , पवन गौतम , आदर्श उ.मा.बि का प्रीन्सिपल विरमान केसि र आदर्श उ.मा.बि कै भाइस प्रीन्सिपल टंक गौतम रहनु भएको थियो।

कार्यक्रममा बि.बि.एस प्रथम वर्षका बिद्यार्थिहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको थियो भने चौथो वर्षका लाई चाई दोसल्ला अनि मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो। त्यस्तै नियमित रुपमा खटिएर अध्यापन गराउनुहुने शिक्षकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

सांस्कृतिक कार्यक्रमले भरिपुर्ण उक्त कार्यक्रममा बिद्यार्थिहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षकहरु पनि नाचेर रमाईलो गर्नु भएको थियो।शिक्षकहरुको कुर्सी दौड प्रतियोगिताले झन रोमन्चक उक्त खेल मा विश्णु गिरी प्रथम हुनु भएको थियो।

बिगतका वर्षहरु जस्तै यो वर्ष पनि राम्रो तरिकाले कार्यक्रम सम्पन्न भएको कुरा क्याम्पसका मुख्य सन्चालक प्रमुख ईश्वर प्रसाद पोखरेलले बताउनु भयो। त्यस्तै क्याम्पसलाई अब प्रदेस न. ५ कै उत्कृष्ट क्याम्पस बनाउने कुरा क्याम्पस प्रमुख थानेश्वर पान्डेले बताउनु भयो।

प्रथम वर्षका बिद्यार्थिहरुलाई स्वागत गर्दै चौथो वर्षका बिद्यार्थिहरुलाई बिदाईको शुभकामना दिदै प्रगतिको कामना गर्नु भएको थियो। पान्डेले क्याम्पसलाई यश क्षेत्रकै नमुना क्याम्पस बनाउनको लागि बिद्यार्थिको ठूलो भुमिका रहेको छ ।