एभिसी सेन्ट्रल जोन भलिबल: आज नेपालको दुई खेल

एजेन्सी,पुष,९-एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

श्रीलंकाविरुद्धको खेल ३-२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ।उता पहिलो खेलमा हिजो बंलादेशसँग हारेको नेपालको पुरुष टोली भने आज दबाबमा हुनेछ ।

बंगलादेशसँग ३-० को सोझो सेटमा हारेको नेपाल आज उज्वेकिस्तानविरुद्धको खेलमा पहिलो जितको खोजीमा रहनेछ । राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागि छन् ।