छोटो समयमै चर्चामा क्षितिज पारी २ “नजरबन्दमा” बोलको गित

झन्डै एक दशक पछि  “क्षितिज पारी” टिम नजर बन्दमा (भिडियो सहित)काठमाडौं,आषाढ,२७-लोक दोहोरी गायक तथा शब्द सङ्गीतकार किरन बाबु पुनले बजारमा नयाँ सङ्गीतिक कोसेली ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गीत लिएर आएका छन् ।

पछिल्लो समय गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शकहरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन्।त्यसैले होला किरन बाबुले ल्याउने हरेक नयाँ गीतहरु प्रति दर्शकले धेरै माया र साथ दिने गरेका छन्।

यो’क्षितिज पारी २ नजरबन्दमा”बोलको गीतले पनि छोटो समयमै श्रोता दर्शकको अपार माया पाउन सफल छ।लोकप्रिय गायक तथा संगीतकार किरण बाबु पुनद्वारा शब्दरसंगीत गरिएको बहुप्रतीक्षित गीत ”क्षितिज पारी २ नजरबन्द”बोलको गित सुमधुर स्वरका धनि रामजी खाँण र टीका पुनले गायका छन्। 

‘क्षितिज पारी २ नजरबन्दमा” बोलको गित किरण बाबु पुनकै कथामा तयार गरिएको छ। दश वर्ष पहिले क्षितीज पारी उनको बस्तीमा भेट्न जादा पुग्न नसकेको र अहिले आफु नजरबन्दमा परेको जस्ता माया प्रेमका भाव:दर्शाएको यो गितमा पाउन सकिन्छ । 

साथै शब्द संगितकार किरण बाबु पुनले भन्नु भएको छ पछिल्लो समय लोकसंगीतमा देखिएको विकृतिबारे चिन्ता प्रकट गर्दै उक्त विकृतिलाई चिर्नको लागि यो गितको सिर्जना गरेको पनि बताउनु भएको छ ।

(गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् )

स्मरण रहोस् उहाँकै शब्द संगितमा १० वर्ष पहिलेको निकै चर्चित गित ”क्षितिज पारी उनको बस्तीमा”बोलको गित ल्याईएको थियो। उक्त गीत हजारौं दर्शकको मन मुटुमा बस्न सफल भएको थियो।उक्त गीतको लोकप्रियता अहिले पनि उस्तै छ। सोही गीतबाट अपार माया पाएको त्रिवेणी समूह रामजी खाँण, किरण बाबु पुन र टीका पुनको लगभग एक दशकपछि क्षितिज पारीकै ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गित बजारमा ल्याईएको हो।

शब्दरसंगीतकार किरण बाबु पुनकै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको ”नजरबन्दमा” बोलको गीतमा एरेन्ज कमल सौराग, रेकर्डिङ्ग सागर पुन र मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् । उक्त गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको थियो।

यो गितमा गायक रामजी खाँण र सारिका केसीले अभिनय गरेका छन्।गीतको निर्देशन र सम्पादनमा राजकुमार मगर,छायांकनमा करण चैंसिर, मेकअप अनिमेश गुरुङले गरेका छन् ।

साथै यो नजरबन्दमा बोलको गितले पनि “क्षितिज पारी उनको बस्तीमा” बोलको गितले जस्तै दर्रशक श्रोताको अपार माया पाउन सफल रहोस् सबैको मन मुटुमा यो गित बस्न सकोस् भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट गितको प्रगतीको लागि धेरै धेरै कामना गर्दै शुभकामना व्यक्त गर्दछौं । धन्यवाद !!