वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला

काठमाडौं,माघ,१०-नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको धारणा राख्नु भयो ।

डा कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने रहेको बताउनुभयो।उहांले पार्टी महाधिवेशनका लागि क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उल्लेख गर्नुभयो ।

समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी रहेको उहांको भनाइ थियो।मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली कञ्चनपुर पुगेको थियो।