ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२४-
ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार गरेको छ । केही समय अघिबाट सेवा प्रवाह सुरु गरेको बैंकको आज एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो ।

उद्योग बाणिज्य सघं ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बैंकको ओखलढुङ्गा शाखाको उद्घाटन गर्नुभएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) रोशन कुमार न्यौपानेले जानकारी दिनुभयो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाईएको छ ।