नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

Image Not Foundकाठमाडौं,असोज,२८-प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । 

बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 

बुधवार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।

ट्वीटमा उहाँले लेख्नु भएको छ ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।

यस्तै नेपाली फुटबल फाईनल प्रवेश गरे संगै अन्य प्रारमुख जनीतीक दलका नेताहरुले पनि शुभकामना संगै क्षाईलन जितका लागि शुभेच्छा प्रकट गर्नु भएको छ ’ रासस

यो पनि पढ्नुहोस् ||

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा