एमालेले जनतालाई भ्रमित बनायो : पौडेल

तनहुँ मंसिर २५ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जनतालाई भ्रमित बनाएको आरोप लगाउनुभएको छ ।

शनिबार तनहुँमा ब्यास नगरपािलकाको बहुउद्देशीय भवनको उद्घाटन गर्दै पौडेलले संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले जनतामा भ्रम छरेको आरोप लगाउनुभयो ।

संविधान कार्यान्वनका लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।