संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने : प्रचण्ड

काठमाण्डौ, मंसिर २५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने बताउनुभएको छ

संविधान संशोधनमार्फत कार्यान्वयनको चरणमा गएको मानवअधिकारका मान्यतालाई पनि कार्यान्वयन गर्न सहयोग गर्ने उहाँको भनाई छ ।

६८औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधन पनि कार्यान्वयनको एक भाग रहेकाले संशोधनमार्फत सबैलाई अपनत्व महसुस गराउन सके मात्र मानवअधिकारको सफल कार्यान्वयन हुने दाहालले बताउनुभयो ।

प्रधानमन्त्री दाहाललले मानव अधिकारको लागि सरकारले ब्यक्त गरेका प्रतिबद्धता पूरा गर्न, मानवअधिकारका विषयलाई आर्थिक सामाजिक र सांस्कृतिक सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

पछाडि पारिएका समुदायको मानवअधिकार रक्षाको लागि राज्यले ठूलो लगानी गर्ने बेला आएको भन्दै प्रधानमन्त्रीले मानवअधिकार सम्बन्धी राष्ट्रिय  कार्ययोजनालाई सफल कार्यान्वयन र अनुगमनमा सरकार लागेको बताउनुभयो ।
यस्तै कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानप्रति देखिएका असन्तुष्टी सहमतीको आधारमा टुंगिनेमा आयोग विस्वस्त रहेको बताउनुभयो ।

अध्यक्ष शर्माले संक्रमणकालिन न्यायको अवस्था चित्तबुझ्दो नभएको र पछाडि पारिएका नागरिकको अधिकार प्राप्तीमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघले सन् १९४८ मा मानव अधिकार सम्बन्धी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।