महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं,मंसिर,२३-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साँढे ११ बजे बस्ने गरि बैठक आव्हान गरिएको हो ।

भोलिदखि काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ ।

 

कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे पनि आज छलफल हुन सक्ने एक नेताले बताएका छन् । नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबिच छलफल चलिरहेको छ ।

कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेको छ ।

कांग्रेसले लामो समयपछि केन्द्रीय कार्यालयमा बैठक राखेको हो । क्रियाशील सदस्यतालगायत विवादले कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिइरहेपछि सभापति देउवाकै निवास बूढानिलकण्ठमा बैठक बस्ने गरेको थियो ।