दुई ओटा जापानी कारखानामा टोयोटाले रोक्यो उत्पादन

Image Not Foundटोकियो,मंसिर,२४-जापानी अटो निर्मा कम्पनी टोयोटा मोटर कर्पोरशनल जापानमा रहेका दुई ओटा कारखानामा उत्पादन रोकेको छ।आपूर्ति अभावका कारण यस्तो कदम चालिएको कम्पनीका प्रवक्ताले बताएका हुन् । 

यसको अर्थ डिसेम्बरमा टोयोटाले यसअघि योजना बनाएअनुसार सामान्य स्तरमा उत्पादन गर्न सक्दैन।कम्पनीले यस अघि सात महीनामा पहिलो पटक डिसेम्बरमा उत्पादन सामान्य स्तरमा फर्किने अपेक्षा गरेको थियो।बुधवार दुई कारखानाहरुमा उत्पादन रोकिएको छ । 

उत्पादन बन्दले करीब तीन दिन निरन्तरता पाउने अपेक्षा गरिएको प्रवक्ताले बनाएको छ।यसका कारण उत्पादनमा करीब ३ हजार ५०० को कमी आउने अपेक्षा गरिएको छ । 

यद्यपि, टोयोटाले मार्चमा सकिने आवमा विश्वभर ९० लाख थान सवारी साधन उत्पादन गर्ने लक्ष्य भने यथावत् राख्ने प्रवक्ताले बताएका छन् । एजेन्सी