आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै

काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ ।

अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे मनाइईदै आइएको छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।

यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाईप्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ । आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।

नेपालको संस्कृतिभित्र नपरे पनि ‘मायासँग गाँसिएकोले यो दिवस मनाउनेहरुको जमात वर्षेनी नेपालमा बढ्दै गएको पाइन्छ । यो दिवस नयाँ प्रेम प्रस्ताव राख्ने दिनको रुपमा लिन्छन् हरेक युवायुवती । अझ् प्रेमी प्रेमीकाबीच मात्र नभई, आफन्तसँग माया साटासाट गर्ने दिनको रुपमा पनि लिने गर्छन् ।

(प्रेम दिवश अर्थात् भ्यालेन्टाईन डे को सुरुवात कहिले र कसरी भयो ।)

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ।