प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

काठमाडौं,फागुन,२१-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिनुभयो ।

प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको बैठकको अध्यक्षता नेता झलनाथ खनालले गर्नु भएको थियो ।

खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गर्नुभएको थियो।प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड-नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

सो दलका प्रमुख सचेतक देव गुरुङले “भन्नुभयो” ‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा चयन प्रक्रिया सुरु गरेको बताउनुभयो।साथै उहाँले दलको बैठकमा बहुमत सांसद आफूहरुतिर रहेको प्रचण्डले ब्रिफ्रिङ गरेको पवि जानकारी दिनुभएको थियो ।