कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौं, चैत २२-
नेपाली कांग्रेसले पनि देशका मुख्य–मुख्य स्थानमा सभा गर्ने भएको छ । सात प्रदेशको केन्द्रहरुमा मूख्य चुनावी सभा गर्ने निर्णय कांग्रेसले गरेको हो । निर्वाचन परिचालन समितिको बैठकले सभा गर्ने ठाउँ र मिति पनि टुंगो लगाएको छ । प्रदेश नम्बर ७ बाट सभाको शुरुवात गरिने जनाइएको छ ।

त्यस क्षेत्रको सभा कैलालीमा चैत २७ गते गरिने छ ।प्रदेश नम्बर ५ को सभा तुलसीपुरमा २८ गते र २९ गते रुपन्देहीमा तथा प्रदेश ४ को सभा भने पोखरामा २० गते गरिने छ । प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र १ को वैशाख २ गते झापामा गर्ने गरिनेछ ।प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने उक्त समितिले जनाएको छ ।

सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई आमसभामा समन्वय र सहयोग पु¥याउन पनि कांग्रेसले आग्रह गरेको छ ।यसैगरी कांग्रेसले समन्वय उपसमितिहरु पनि बनाएको छ । आर्थिक स्रोत परिचालन, प्रचाररप्रसार, सुरक्षा, मतदाता शिक्षा तथा सचेतना, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरिएको हो ।

निर्बाचन बारेमा समितिले आज पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसदहरु र शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने जनाएको छ ।