राष्ट्रपतिद्वारा प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौं,भदौ,२४-

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

आइतबार आज बिहान राष्ट्रपति निवासमा एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

१२ भदौमा नै राष्ट्रपति भण्डारीले थापालाई नेपाली सेनाको प्रधानसेनापतिको रुपमा नियुक्त गरिसक्नु भएको थियो ।