टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी

दाङ, भाद्र,२३-
दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो कमाई नभएकोले उनले अाफ्नै देशमा केही गर्ने उद्देश्य लिएर कृषि खेती तर्फ अाकर्षित भएको बताए ।

उनलाई केही प्रतिशत रकम दिएर एसियाली बिकास बैंकले सहयोग गरेको र बाँकी रकम अाफै लगानी गरेका थिए । माघ महिनामा उनले उक्त जग्गामा टमाटर र भेडे खुर्सानी लगाएका थिए । उनले बैशाख महिना देखि टमाटर र खुर्सानी बिक्री गर्न शुरु गरेको र जेष्ठमा बेचेर सकेको बताए ।

अहिले बडी लगाएका उनले अाफना ५ कर्मचारी र घरपरिवारको खर्च निकालेर ६ लाख अाम्दानी गरेको बताए । उक्त खेतीबाट भएको कमाईले खुसी भएर उनले थप जग्गा लिजमा लिएर पनि थप खेति गर्ने बताएका थिए ।

उक्त तरकारी काठमाडौं , पोखरा, बुटवलबाट व्यापारीहरु अाएर लग्ने गरेको बताए । उक्त कृषि फर्मको अवलोकन गर्न स्थानीय नेकपा का नेता भक्तिराम पौडेल अाउनु भएको उनले बताए । उक्त कृषि फर्ममा सहयोग र अाफनो गरेर ५६ लाख लगानी गरेको उनले बताएका थिए ।