ललितपुर स्थीत आधारशीला एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

काठमाडौं,बैशाख,१६-एकेडेमीमा कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको छ । मन्टेश्वरी शिक्षा प्रणालीका माध्यमबाट पठनपाठन हुने पूर्व प्राथमिक तह पास गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य गणेश गिरीले दिक्षान्त समारोहमा सम्मान गरेका थिए ।

दिक्षान्त कार्यक्रममा बोल्दै प्राचार्य गिरीले प्राथमिक शिक्षाका लागि तयार भएका बालबालिकालाई थप जिम्मेवार बनाउने उदेश्यले दिक्षित गरिएको बताए ।

उनले युकेजीको परीक्षा उत्तीर्ण भइसके पछि आफ्ना बालबालिकालाई कहा लैजाने भन्ने अन्यौलता अभिभावकमा हुने भएकाले आधारशीला एकेडेमीमा भर्ना गराई ढुक्क हुन आग्रह गरे । प्राचार्य गिरीले नयाँ शैक्षिक शत्र शुरु हुन गइरहेकाले शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका बन्चित हुन नहुने धारणा राखे ।

सबै बालबालिकामा सर्व सुलभ र व्यवहारिक शिक्षाको पहुँचका लागि आधारशीला एकेडेमीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि विशेष छुटका साथै छात्रवृतिको व्यवस्था समेत गरिएको जानकारी दिए ।

कार्यक्रममा आधारशीला एकेडेमीका निर्देशक धनीराम योगी, अभिभावक गुण तिरुवा, पत्रकार गोपाल जंग थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन पूर्व प्राथमिक तह संयोजक देवीना थापा मगरले गरेकी थिइन ।