‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’ प्रस्ताव दर्ता गरेको :प्रधानमन्त्री

काठमाडौं,पौष ७-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताउनु भएको छ । पाँचौँ धादिङ महोत्सवको यहाँ आज उद्घाटन गर्दै उनले संशोधनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले पहिले संसद्मा दर्ता गराएको प्रस्ताव भएकाले संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउनका लागि आएको बताउनुभयो ।

विभेद र निषेधको नीति लिँदा राष्ट्रियता खतरामा पर्ने भएकाले संविधान संशोधनको प्रस्तावलगायत विषयमा संसद्बाटै समाधान निकाल्न प्रमुख प्रतिपक्षी दललाई उनले आग्रह गरे। प्रधानमन्त्री दहालले प्रमुख प्रतिपक्षी दल, मधेसी मोर्चा र राप्रपासँग छलफल गरेर केही दिनमै संविधान संशोधन, महाभियोग र निर्वाचन घोषणासम्बधी विषय एकमुष्ट निर्णय गरिने बताउनुभयो ।