विप्लव माओवादी कार्यकर्ताहरुद्धारा कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमासो दले

बाँके,पौष ७-विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसर भित्रै कालोमासो दलेका छन् ।ाफु बिरुद्ध परेका रिटको पेशी बुझ्न अदालतमा उपस्थित भएका कार्कीलाई माओवादीका कार्यकर्ताले भ्रष्टाचारीलाई कार्बाही गर भन्दै नारा लगाएर कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् । कालोमोसो दले पछि नारा लगाएका माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्र बहादुर बुढा र प्रकाश शाहीले कार्कीलाई मोसो दलेका थिए । ती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यता
अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले सर्वोच्च अदालतमा जवाफ दिन पुगेका बेला कालोमोसो दलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गर्नुभएको छ । विज्ञप्ती मार्फत उहाँले आफूमाथि लगाईको माहाअभियोग, अदालतमा दायर गरिएका मुद्धाहरुमाथि स्पष्टिकरण दिँदै आफू असल नियतले काम गर्दा गर्दै पनि अन्यायमा परेको उल्लेख गर्नुभयो ।
यसैगरी
अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेका रिटमाथी सर्वोच्च अदालतमा निवेदकका तर्फबाट आज बहस सकिएको छ ।न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा शुरु भएको सुनुवाईमा निवेदकका तर्फबाट आज ९ जना कानुन व्यवसायीले बहस गरेका छन । बिपक्षीका तर्फबाट भोली बहस शुरु हुनेछ । बार दिवस परेको भन्दै पेशी हटाउन बार एशोसियसनबाट लिखित रुपमा गरिएको आग्रहलाई अस्वीकार गर्दै इजलासले निवेदक पक्षबाट बहस शुरु गर्न आदेश दिएको थियो । कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा आज एकैसाथ सुुनुवाइ सुरु भएको हो । ५० भन्दा बढी कानुन ब्यवसायीले कार्कीको पक्षमा बहसका लागि नाम टिपाएका छन् ।
यसैगरी
माओवादी प्रवक्ता खड्ग बहादुर विस्वकर्मा प्रकाण्डले लोकमान मात्र हैन सबै दलाल र भ्रष्टहरु माओवादीको निशानामा रहेकाले क्रमवद्ध तरीकाले कार्बाही गर्ने चेतावनी दिनु भएको छ ।अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरमा कालोमोसो दलिएको विषयमा सोधिएको जिज्ञासामा प्रवक्ता प्रकाण्डले भ्रष्टहरुलाई जनताले कार्बाही गर्ने र पार्टीले त्यसको नेतृत्व गर्ने बताउनु भयो ।यसैबीच घटनाको जिम्मेवारी लिदै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नु भएको छ ।उहाले भ्रष्टाचारीलाई कार्बाही गर्ने अभियानको संकेत स्वरुप कालोमोसो दलिएकाले आफ्ना कार्यकर्ताहरु निशर्त रिहा गर्न माग गर्नु भएको छ ।