महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको अध्यक्षमा अाचार्य सर्वसम्मतीले चयन

नेपालगन्ज,पौष,९-

त्रिभुवन विश्व बिद्यालय अन्तर्गत रहेको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको प्राध्यापक संघको अध्यक्षमा लालमणि अाचार्य सर्वसम्मतिले चयन हुनुभएको छ ।अाज बहुमुखी क्याम्पसमा भएको लोकतान्त्रिक र प्रजातान्त्रिक प्राध्यापकहरुको अापसी सहमतिमा कार्यसमिति गठन गरिएको थियोे ।

जसमा अध्यक्ष लालमणि आचार्य, उपाध्यक्ष राजेन्द्र
श्रेष्ठ, सचिव नवराज रिजाल,सहसचिव भेषराज चौधरी,कोषाध्यक्ष केशव पौडेल र सदस्यहरू अमरेन्द्र कुमार पाण्डे,मुना श्रेष्ठ,अवनीन्द्र दत्त मिश्र, ईश्वर प्रसाद पोखरेल,डोलबहादुर भण्डारी र विश्वेश्वर आचार्य सर्वसम्मतिले चयन हुनुभएको छ ।

नब निर्वाचित पदाधिकारी दुबै पक्ष गरि ११ सदस्यीय रहेको अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष नबराज योगीले जानकारी गराउनु भएको थियोे । उक्त कार्यसमितिमा नेकपा निकट प्राध्यापकहरु ६ र प्रजातान्त्रिक संग सम्वन्धित प्राध्यापकहरु ५ जना रहनु भएको अखिल क्रान्तिकारीका सदस्य लोकेश शाहीले बताउनुभयो ।