गुर्भाकोट प्राबिधिक शिक्षालय अनुमति बिना नै संचालन

नेपालगन्ज,पौष,९-

प्राबिधिक शिक्षाको नाममा सुर्खेतको गुर्भाकोटमा गुर्भाकोट प्राबिधिक शिक्षालयलेूठगि गर्ने गरेको रहस्य फेला परेको छ ।सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न ४ भैरबस्थानमा तालिम संचालन गर्न अनुमति पाएको उधम सिलता बिकाश संस्थाले हाल गुर्बाकोट नगरपालिका वडा न ८ मेहलकुनामा साखा संचालन गरि गोप्य रुपमा कारोबार गर्दै तालिम संचालन गरिरहेको रहस्य खुल्न आएको छ ।

सुर्खेतको बिरेंद्रनगरको यस संथाले भने गुर्बाकोट प्राबिधिक शिक्षालय नामको बोड राखी तालिम संचालन गरिरहेको छ । यसरी शिक्षालयले अहिले उधम बिकाश सहसकर्ता तह दुइको तालिम संचालन गरिरहेको छ । यसरि अबैधानिक रुपमा तालिम संचालन गरि विद्यार्थीलाइ गुमराहमा पर्दा पनि प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद पश्चिम क्षेत्रीय कार्यालय कोहलपुर बाके भने खासै चासो देखाएको छैन ।

पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख यादब सुबेदीले यस बारेमा भने अहिले सबै शिक्षालयको शाखाको बिषयमा स्थानीय सरकारले नै अनुमति दिनुपर्ने नीतिगत ब्यबस्था भएकोले समबन्धित स्थानीय तहमा बुज्न आग्रह समेत गरेका थिए । तर प्राबिधिक शिक्षालयको साखा संचालनका लागि आबश्यक नपुगेको खण्डमा आबस्यक कारबाही गरिने जानकारी दिएका थिए ।

यता गुर्भाकोट नगरपालिकाको कार्यालय संग यस बिषयमा प्रशन गर्दा प्रमुख प्रासासकीय अधिकृत टिकाराम ढकालले भने प्राबिधिक शिक्षालयको लागि दिएको भएपनि शिक्षालय अबैधानिक छ यस बारेमा अगिले नगरपालिकाले अनुसन्धान गरिरहेको समेत जानाकरी दिएका थिए । अबैधानिक शिक्षाको बारेमा प्रशन गर्दा संचालक बिरबल नेपालीले आफुले शिक्षालय संचालन गरेको कुरा स्वीकार गर्दै प्राबिधिक तथा ब्यबसायिक तालिम प्ररिषदबाट मौखित रुपमा मात्र सहमति लिएको बताएका थिए ।