बसको ठक्करबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

दाङ,पुस,९-

दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ का २९ वर्षीय मेघराज पुन छन् ।

बसपार्कबाट तुलसीपुर चोकतर्फ जाँदै गरेको लु२छ १६०२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा३प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक पुनको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते भएका स्कुटरमा सवार महेश बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटनापछि तनाव

स्थानीयले गाडीचालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै मृतकको शव उठाउन नदिएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले बसमा तोडफोड गरेका छन् ।