फुकुओकामा हुने माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा

स्थानीय कलाकारहरुको विजोड प्रस्तुती रहने

टोकियो,पुस,२७-नेपाल मगर संघ क्षेत्रीय समिति क्यूस्यु फुकुओका जापानले आउने जनवरी १६ तारिख गर्न लागेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।

यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ भन्ने मुख्य उद्देश्यका साथमा मगर समुदायले महान पर्व माघे संक्रान्ती जापानभरी नै मनाउन लागेको हो।

विशेष त मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक साथ भेला भई माघे संक्रान्ती पर्व मनाउन लागेका हुन्।

माघे संक्रान्ती पर्वको रुपमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान गरिनेछ,भने लोकल ब्याण्डले आफ्नो गायन प्रस्तुती देखाउने छ,भने आधा दर्जन स्थानीय कलाकारहरुको नृत्य रहेको नेपाल मगर संघ क्षेत्रिय समिति क्यूस्यू जापानका अध्यक्ष यूकेश राना मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

कार्यक्रममा पुर्खौ देखि चलन चल्तीमा आएको माघी विशेष परिकारहरु बनाएर खानपिन गरिनेछ।मगर समुदायले पछिल्लो समय माघी पर्वलाई आफ्नो महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदान प्रदानका लागी फुकुओकामा बस्दै आएका अग्रज व्यक्ति र विभिन्न सामाजीक कार्यमा सक्रिय संघ संस्था र समाजका प्रतिनिधीहरुलाई  आमन्त्रण गरिएको छ।

क्युस्यू क्षेत्रमा आसपासमा बस्ने सम्पुर्ण मगर समुदाय र गैर मगर समुदायका व्यक्तिहरुलाई उपस्थितीको लागी आयोजकले आग्रह समेत गरेको छ।

कार्यक्रम बेलुकि ६ बजे देखी राति ११ बजे सम्म संञ्चालन हुनेछ।