टोकियोमा हुने माघे संक्रान्ती कार्यक्रमको तयारी पुरा

गायक देविराम राना देखि चेतन,रचना लगायत स्थानिय कलाकारको विजोड प्रस्तुति रहने

फाईल तस्विर ।।

टोकियो,पुस,२७-जापानको राजधानी टोकियोमा आउने जनवरी १८ तारिख हुने माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रमको तयारी पुरा भएको नेपाल मगर संघ केन्द्रिय समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै “नेपाल मगर संघ केन्द्रिय समिति जापानका अध्यक्ष भिक्टर ठाडा मगरले भन्नभयो” यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ भन्ने मुख्य उद्देश्यका साथमा मगर समुदायले महान पर्व माघे संक्रान्ती जापानभरी नै मनाउन लागेको बताउनु भयो। 

उहाँले “भन्नुभयो आज हामी माझ नेपाल देखि गायक देविराम राना मगर ज्यू आउनु भएको छ।यो हाम्रो निमन्त्रणालाई स्विकार गरि आईदिनु भएकोमा धन्यवाद दिदै स्वागत गर्नु भयो।

उहाँले अगाडी भन्नुभयो हामीले यो हप्तैभरी जापानभरी नै माघे संक्रान्ती विशेष कार्यक्रम गरि मनाईरहेका छौ।जसलाई जहाँ पायक पर्छ उपस्थित भैईदिनुहोला।तसर्थ आगामी १८ तारिखको दिन टोकियोमा हुने कार्यक्रममा सबैलाई उपस्थितीको लागि अनुरोध समेत गर्नुभयो।

यसैविच : पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामहरी खपाङ्गी मगरले “भन्नुभयो” नेपाल मगर संघ जापानमा स्थापना भएको अब ३१ औं वर्षमा पुग्नै लाग्दा आफूलाई मगर संघको २ वर्षे कार्यकालमा रहि नेतृत्व गर्ने मौका मिलेको र आफ्नो कार्यकालमा सबैले साथ दिएको प्रति धन्यवाद व्यक्त गर्नुभयो। 

आगामी दिनमा यस्ता कार्यक्रम सफल पार्न सबैले एक साथ भएर लाग्नु पर्ने बताउनुभयो।माघे संक्रान्ती पर्व जुन मगर समुदायले आफ्नो प्रमुख चाड पर्वको रुपमा अपनत्व लिदै मनाई रहेको छ।यसमा साँस्कृतिक जोडेर सदा झैं यस वर्ष पनि सबैको प्रेम आशिर्वाद र समर्थन र सहयोग रहने छ भन्नेमा अपेक्षा राखेको बताउनुभयो।

उहाँले “भन्नुभयो” हामीले साँस्कृतिक भन्ने वित्तिकै नेपालबाट मगर समुदायलाई उल्लेखिय योगदान दिईरहेका मगर कलाकार यहाँ आएर हाम्रो संस्कृति झल्किने खालको प्रस्तुति दिदाँ सुनमा सुगन्ध हुने भन्दै यस पटक कैयौं प्रयासका बाबजुँद कलाकार देविराम राना मगरलाई पाएको प्रति खुशी व्यक्त गर्दै जापानमा स्वागत गर्नुभयो।

जापानभरी नै माघे संक्रान्ती कार्यक्रम हुने भएको हुदाँ सबै जनालाई जुन  जुन ठाँउमा जान पायक पर्छ उपस्थितिको लागि आग्रह गर्नुभयो।

यसैविच कार्यक्रममा संरक्षक थानु राना मगर, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, लक्ष्मण घर्ती, मोन जापानका अध्यक्ष लगायतले बोल्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिदै नेपालबाट आमन्त्रीत कलाकार देविराम राना मगर लाई स्वागत गर्नु भएको थियो।

यस्तै : टोकियो पुग्नु भएका गायक देविराम राना मगरले आफूलाई यति सम्मान गरि स्वागत गरि कार्यक्रम गरेको प्रति धन्यवाद दिदै “भन्नुभयो” परिवारको माया बुझ्नको लागि परिवार छोड, तर परिवार नबिर्स, देशको माया बुझ्नको लागि देश छोड,तर देश नविर्स”भन्ने भनाई सम्झिदै भन्नुभयो तपाईहरु देश छोड्नु भएको छ। देश भल्नु भएको छैन्।देशको संस्कार संस्कृतिलाई भल्नु भएको छैन्, र यसलाई जगेर्ना गर्नको लागि विदेशको भुमिमा बसेर जसरी अहोरात्र खटिनु भएको छ, यो एकदमै सर्हानिय रहेको बताउनुभयो।

जसले जिम्मेवार बोकेको छ उसैलाई चिन्ता र चासो हुने भन्दै यो मगर समाजलाई यसरी बिशाल बनाउनु भएको छ।यस मानेमा आफूलाई निकै गर्व लागेको बताउनुभयो।

अन्य कलाकार विभिद कारणले जापान आउन पाउनु भएन म उहाँहरुको जिम्मेवारी आफूले बोकेर आएको भन्दै त्यसको अभिभारा आफूले पुरा गर्ने बताउदै नाच्न नपाईने पो हो कि भनेर चिन्ता नलिई कार्यक्रममा आउनको लागि सबैलाई चुले निम्तो दिनुभयो।

यसैविच : नेपाल मगर संघ केन्द्रिय समिति जापानले यहि जनवरी १८ तारिख आईतबारका दिन बेलुकि ५ बजे देखि  राती १० बजे सम्म माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम टोकियो स्थित नाकानो जिरो हलमा हुने नेपाल मगर संघ केन्द्रिय समिति जापानका महासचिव सागर थापाले बताउनुभयो।

उक्त कार्यक्रममा टोकियो वरिपरी बस्ने मगर समुदाय र गैर मगर समुदायलाई उपस्थितीको लागि नेपाल मगर संघ जापानले हार्दिक अनुरोध गरेको छ।