निर्वाचन आयोगले तोक्यो मंसिर १० को निर्वाचनका लागि अधिकृत

काठमाडौँ, असोज १८-

निर्वाचन आयोगले आगामी प्रदेश र संघको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ। आगामी मंसिर १० गते हुने गइरहेको पहिलो चरणको निर्वाचनका लागि १६५ जना निर्वाचन अधिकृत तोकेको हो।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित एक विज्ञप्ति प्रकाशित गर्दै १६५ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र ९ जना जगेडा अधिकृत नियुक्त गरेको जनाएको छ। अयोगले अधिकृतको कार्यक्षत्र समेत तोकेको छ।

आयोगले नियुक्त गरेका अधिकृतहरुको असोज २४ र २५ गते प्रशिक्षण समेत तोकेको छ। प्रशिक्षणमा अनिर्वाय सहभागी हुन तोकिएका निर्वाचन अधिकृतहरुलाई आयोगले यसै सूचनामार्फत अनुरोध समेत गरेको छ।

हेरौँ कहाँ को परे निर्वाचन अधिकृत ?