दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, फागुन १४ – दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु हुँदैछ ।जात र कामका आधारमा गरिने भेदभाव विरुद्ध संसदमा आवाज उठाउने विषयमा केन्द्रित रहने सम्मेलनमा दलित

समुदायका महिलाको आर्थिक अवस्था र पहुँच, लैंगिक समानता, न्याय, अधिकार तथा विपद व्यवस्थापनमा समान पहुँच लगायतका विषयमा छलफल र निर्णय गरिने आयोजक दलित सम्बन्धी अन्तर्राष्ट्रिय सांसदको मञ्चका अध्यक्ष मीन विश्वकर्माले जानकारी दिनुभयो ।

आइतबारसम्म चल्ने सम्मेलनमा १४ देशका २७ जना सांसदसहित ४८ जना विदेशी अधिकारकर्मी र कुटनीतिक नियोगका प्रतिनिधि तथा नेपालबाट सांसद र अधिकारकर्मी सहित ६० जना सहभागी हुनेछन् । व्यवस्थापिका संसदमा अहिले दलित समुदायका ४० जना सांसद छन् । उज्योअनलाईबाट