ओखलढुंगा घरकी चर्चित गायीका माझीको सुनकोशीको पुल बजारमा

ओखलढुंगा,असोज,३-
चर्चित लोक तथा दोहोरी गायीका सिता माझीको पुर्बेली गीत सुनकोशीको पुल सार्बजनिक गरिएको छ । पछिल्लो समय पुर्बेली गीत बाट चर्चामा आएकी गायीका माझीले काठमान्डौमा एक कार्यक्रमको आयोजना गरेर सुनकोशीको पुल सार्बजनिक गरेकी हुन् ।

प्रतिनिधीसभा सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता र प्रदेशसभा सांसद अम्बिर बाबु गुरुङ्गको बिशेष आतिथ्यतामा सुनकोशीको पुलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

ओखलढुंगाको पात्लेमा जन्मिएकी गायीका माझीको ओखलढुंगा घर, पुर्बेली मायाले लगायतका गीत चर्चामा रहेका छन् । अहिले सम्म गायीका माझीले दर्जन भन्दा बढी गीतमा स्वर भरेकी छिन् भने उत्कृष्ट लय र शव्द सिर्जना पनि गर्ने गरेकी छिन् ।

(भिडीयो हेर्नुहोस )

सिद्धिचरण नगरपालिका ६ जन्तरखानी मैदानेका राजकुमार मगरको पहिलो प्रस्तुती रहेको यस सुनकोशीको पुलमा मगरको शव्द र गायीका माझीको लय सिर्जना रहेको छ । गीतमा गायीका माझी र (नेपाल आईडल टप ६) सुरज थापाको स्वर रहेको छ ।

ओखलढुंगाको अधिकांश स्थानमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा रचनाकार मगर, मोडलद्धय टिका जैशी र रजिना मर्हजनको उत्कृष्ट अभिनय रहेको छ ।

कर्मा शेर्पाको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन बासु बरालले गरेका छन् भने भिडियोको सम्पादन प्रबिन रेस्मी मगरले गरेका छन् । शेर्पा फिल्मस् प्रोडक्सनले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।