नेपाल ट्रेड युनियन महासंघ जिफन्टको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज ,माघ,२३-

नेपालगन्जमा आज नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष तथा JTUCC का केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको उपस्थितिमा अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिएको छ ।आज नेपालगन्ज उपमहानगरपालिका स्थित होटल सि(एस( टी( एण्ड पार्टी प्यालेसमा दिउसो १ बजे देखि प्रशिक्षण कार्यक्रम सुरु भएको थियोे ।

अहिले नेपाल सरकारले लागु गरेको न्युनतम पारिश्रमिक , सामाजिक सुरक्षा भत्ता आदिको बारेमा लगभग ३०० जना जति बाँके, बर्दियाका जिफन्टसंग सम्वन्धित विभिन्न घटकहरुलाई प्रशिक्षण दिईएको थियोे ।

उक्त कार्यक्रमको अध्यक्षता प्रदेश नं ५ कि जिफन्ट सहसचिव नुमा थापा, प्रमुख अतिथिमा जिफन्ट केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठ , अतिथिहरुमा जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतम, नेकपा बाँकेका नेताहरु निरक गुरुङ , पुजन बि.क.अब्दुल हुसेन खाँ, महिला नेतृ तुलसा थापा, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का अध्यक्ष कुश्माखर बश्याल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका नेता टी.एन.रावत , मुनिर खान, अनिता थापा, मदन भट्ट ,

कर्मचारी संगठनका बरिस्ठ उपाध्यक्ष मुस्लिम खान, महासचिव रत्ना गिरी, उपमहासचिव गोकर्ण बहादुर शाही , ओ.एच.एस.कमिटी केन्द्रीय सदस्य सुमन गिरी, विभिन्न मिडियाका मिडियाकर्मीहरु, ब्युटिसीयन कर्मी सुधा गिरी , संगठनका अध्यक्ष नेपालगन्जका अशोक कुमार दीक्षित , युनियन कर्मीहरु कृण्ण बुढा, रईस शाही , शर्मिला थापा, सरिता राजखान लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन जिफन्ट प्रदेश नं ५ का सचिवालय सदस्य पुर्ण के(सी(ले गर्नु भएको थियो भने मन्तव्य राख्नेमा टी(एन(रावत, अब्दुल हुसेन खान, केशब गिरी, कमल गौतम, बिनोद श्रेष्ठ लगायतले राख्नु भएको थियोे । उक्त कार्यक्रम बिहानी अनलाइन न्युजले प्रत्यक्ष प्रसारण गरेको थियोे ।